अन्तरास्ट्रिय खबर । मेटालाई १२ ओटा जिडिपिआर सान्दर्भिक डेटा ब्रिचहरुका लागि १८.६ मिलियन डलर जरिवाना तिराइएको छ । १२ ओटा डेटा ब्रिच भएको भन्दै मेटालाई आयरल्याण्डको डेटा प्रोटेक्सन कमिनशनले सो जरिवाना तिराएको हो ।
यूरोपेली यूनियनले जारी गरेको विभिन्न कानूनहरु नमानेकाले आयरल्याण्डले जरिवाना तिराएको हो ।आयरल्याण्डले मेटाले यूरोपेली यूनियनको देशहरुको डेटा सुरक्षा गर्न केके गरेको छ भनेर पनि देखाउन भनेको छ ।
आयरल्याण्डको डेटा प्रोटेक्सन कमिनशले डेटा ब्रिचबारे सन् २०१८ मा थाहा पाएको थियो र त्यसपछि यस विषयमा के कारबाही गर्ने भनेर छलफल चलिरहेको थियो ।
त्यति ठूलो संस्था भएपछि प्रयोगकर्ताको गोपनीयताको उत्तरदायित्व लिनुपर्ने डेटा प्रोटेक्सन कमिनशनको भनाइ रहेको छ ।