लगातार दोस्रो दिन पनि घट्यो सुनको मूल्य

आर्थिक खबर । सोमबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार १८ सय रुपैयाँले घटेको छ। मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको हो। मंंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here