राप्रपा त्रिपुरासुन्दरी गाउँपालीका कार्यालय उद्घाटन तथा पार्टी प्रबेश कार्यक्रम समपन्न

धादिङ । राप्रपा त्रिपुरासुन्दरी गाउँपालीका कार्यालय उद्घाटन तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । यस अघी पनि जिल्लाको संगठन बिस्तारको क्रममा राप्रपाले जिल्लाको अन्य पालिकाहरु पनि पार्टी कार्यलय स्थापना गरिसकेको छ । उक्त कार्यक्रममा सहभागी हुन राजधानी बसोबास गर्ने विभिन्न पेसा र ब्याबसाय संग सम्बन्धित ब्यक्तिहरु करिब २०० भन्दा बढी सङ्ख्यामा मोटरसाईकल र्याली सहित सदरमुकाम धादिङ बेशीं मा रहेको जिल्ला पार्टी कार्यलय हुँदै, पुछारबजार, बिचबजार जिल्ला प्रशासन हुँदै र्याली मार्फत सल्यानटार पुगेर उद्घाटन तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको उज्जल धमलाले बताउनु भयो ।

उक्त कार्यक्रममा राप्रपा धादिङका नेताहरु ठाकुर शर्मा, पशुराम तामाङ, डम्बर ब.तामाङ, धुर्ब बिक्रम मल्ल लगायतको उपस्थिति रहेको थियो ।