धादिङ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) एबं वाइसीएल धादिङको संयुक्त आयोजनामा धुनिबेशि बजारमा एमसीसीको बिरोधमा मसाल जलुस प्रदर्सन गरिएको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष बिनोद आचार्यले होराईजन खबरलाई बताउनु भयो ।
सरकारले संसदमा एमसिसि टेबल गरेपछि अखिल (क्रान्तिकारी), वाइसीएल लगायत विभिन्न दल र त्यस दलमा आबद्ध भाद्री संगठनहरुले देशैभर नाराबाजि लगायत आन्दोलनहरु गर्दै आएको छ ।
त्यसैगरी बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ । संसद् सचिवालयले भोलि एमसीसीमाथि छलफल हुने कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ ।