ह्याप्पी भ्यालेनटाईन डे ‘आमा’

आमाबाट धेरै कुराहरु सिकेर म आफू, आफैमा भताभुङ्ग भएर रहरै रहरमा आमाकै काखमा हुर्केको म र मेरो उमेर,!
कुनै कुरा छुट्नु, बित्नु र त्यसलाई सजिलैसंग भत्काउन नसक्नु, मेरा केयौं कमि-कमजोरीहरु होलान् ! सायद धेरैलाई यस्तै भईरहेको पनी हुनसक्छ। भन्ने खुल्दुली म भित्र पनी रहेको छ।

आमाको काखको यहीं उमेर, यहीं समय, सदासदा रहिरहोस् ।भन्ने मनमा पनी लाग्छ । फेरी संगै खाएर, संगै बसेर अर्को एउटा संसार आमासंग शताब्दी सम्म रहुँ जस्तो लाग्छ !
-आमा मैले बिर्सिएको छैन,पराईको मेला जाँदा तिमिले दिनभरी काम गरेर छोरो भोकै छ भनी पटुकीमा ल्याईदिएको भटमास, र मकै !
तिमी मेला जाँदा धान रोप्दा हिलाले खाएको तिम्रो त्यो कोमल पाउ !
आमा मैले बिर्सिएको छैन, मैले लगाएको जाँघे च्याँतिदा ल्वाङे दाई कहाँ गएर तिमिले पछाडि टालो हालेर सिलाएर ल्याईदिएको !
आमा मैले बिर्सिएको छैन, भुकम्प जाँदा बारीको पाटामा बनाएको जस्ताको कटेज हावाहुरीले भत्काएको !
मैले बिर्सिएको छैन म रुँदा तिमी खोर्या बारीमा मल पुर्याउन जाँदै गर्दा थुन्छेमाथी मलाई बोकेर लगेको !
आमा मैले बिर्सिएको छैन,म सिपाही बन्नै लाग्दा अघिल्लो दिन तिमिले मेरो गाला मुसार्दै मुई खाएको दिन !
आमा तिमी बेस्सरी रोयौं तिमिले भनेको मैले नमान्दाको दिन !
आमा मैले हिजो जे गल्ती गरेँ,माफ गर,आमा म बाट अब त्यस्तो भुल हुनेछैन,!
Happy Valentine Day (ह्याप्पी भ्यालेनटाईन डे) आमा, यो जुनीमा मात्र होइन अर्को जुनीमा पनी तिम्रै छोरो हुन पाँऊ,!
उही तिम्रो छोरो,,,,,,!