धादिङ । युकेएड र विश्व खाद्य संगठनको सहयोगमा निर्माण सम्पन्न रुबीभ्याली गा.पा. वडा न. ५ र ६ को सिमानामा पर्ने भुम्ला खोलामा रहेको अत्यन्तै जोखिम युक्त झोलुङ्गे पुलको विकल्पमा नयाँ पुल निर्माण कार्य केहि समय अघि सम्पन्न भए संगै आज एक कार्यक्रमको बीच पुलको उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रोबर्ट कास्का र विशेष अतिथि रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङ द्वारा संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरिएको उक्त कार्यक्रमका सञ्चालक दावा तामाङले बताउनु भयो । त्यस्तै कार्यक्रमको अध्यक्षता रुबीभ्याली ५ का वडा अध्यक्षले गर्नु भएको थियो भने कार्यक्रममा रुबीभ्याली ६ का वडा अध्यक्ष समीर गुरुङ, ज्वालामुखी कन्टक्सन धादिङका सञ्चालक धर्म लोहोनी एबं रुबी भट्टराई लगायतका ब्याक्तित्वहरुको आतिथ्य रहेकोे थियो ।
१४० मिटर लम्बाई रहेको उक्त पुल निर्माण सम्पन्न भए सगै यहाँका ६/७ वटा गाउँका स्थानीयहरु, दर्जनौं विद्यार्थीहरुलाई आवतजावत गर्न सहज भएको छ ।
२०७२ सालको भुकम्पले क्षती पुराएर जोखिम युक्त बनेको पुल ८ बर्ष देखि जोखिम मोलेर नै स्थानीय आवतजावत गर्न बाध्य थिए । यो पुल बने सगै रुबीभ्याली ५ र ६ का मुख्य गरि कपुरगाउँ, रिचेत, लप्चेत, कुप्चेत, तिरका सर्बसाधारणलाई एबं नेबेर, लापा, खादिङका स्थानीयहरुलाई समेत सहज हुने स्थानीयहरु बताउन्छन ।
यो पुल विदेशी दातृनिकायहरु युकेएड र विश्व खाद्य संगठनको सहयोगमा म्याक डोनालमार्फत योजना सम्पन्न भएको हो । योजना सम्पन्न गर्नको लागि ज्वालामुखी कन्टक्सन धादिङले ठेक्का पाएको थियो ।
त्यस्तै यहि संस्थाहरुको सहयोगमा खनियावास गाउँपालिका वडा नं ४ र ५ जोड्ने दार्खा खोलामाथि झोलुङ्गे पुल र पैदल मार्गको निर्माण कार्य समेत सम्पन्न गरेको छ ।