पल शाह थुनामुक्त भए

काठमाडौँ । उच्च अदालत पोखराले सफाइ दिएसँगै अभिनेता पल (पूर्णविक्रम) शाह आज थुनामुक्त भएका छन् । 
बालयौन दुरुपयोगको मुद्दामा दोषी ठहर भइ जेल सजाय भोगिरहेका अभिनेता शाहको मुद्दामा आइतबार उच्च अदालत पोखरामा सुनुवाइपछि सफाइ पाएपछि उनी आज तनहुँ कारागारबाट जेलमुक्त भएका हुन् । 
शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएको स्रोतले जनाएको छ ।
उनलाई परिवार र समर्थकले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए । 
शाह थुनामुक्त हुँदा उनीहरूले खादा र माला लगाएर पलको स्वागत गरेका थिए ।
उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले जिल्ला अदालत नवलपरासी पूर्वको फैसला बदर गर्दै शाहमाथि लगाइएको अभियोग दाबी नपुग्ने फैसला आइतबार सुनाएको थियो ।
शाहलाई एक नाबालिग गायिकाले बलात्कारको मुद्दा लगाएकी थिइन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here