काठमाडौं । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनकाे मुद्दा हेर्न नभ्याइनेमा परेकाे छ ।
पाटन उच्च अदालतले सन्दीपको पेसी हेर्न नभ्याइनेमा राखेको उपरजिस्ट्रार उपेन्द्रकेशरी पाेखरेलले क्यानडा नेपाललाई जानकारी दिए । अब अर्काे बिहीबारका लागि पेसी ताेकिएकाे उनले जानकारी दिए ।
भदौ ५ गते राति नाबालिकालाई लामिछानेले गौशालास्थित एक होटलमा पुर्याएर जबर्जस्ती करणी गरेको आरोप छ। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पुर्पक्षका लागि जेलमा छन्।