सानू बहादुर तामाङ, रसुवा । नेपाल विद्युत प्राधिकरणले रसुवा र नुवाकोट जिल्लाकाे जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले निर्माण गरिरहेकाे २२० केभी चिलिमे–त्रिशुली प्रसारण लाइनको काम तीव्र गतिमा अघि बढेको भए पनि प्रसारण लाइनको दायाँबायाँ १५/१५ मिटर गरि जम्मा ३० मिटरको क्षतिपूर्ति रकम प्राप्त गर्न साविक हाकु गा.वि.स. को वडा नं. २,३,४,५,६ र ७ का मोहिहरु अत्यन्तै मर्कामा परेका छन । चिलिमे–त्रिशुली २२० केभी प्रसारण आयोजनाले उपलब्ध गराउने मुआब्जाको १० प्रतिशतको क्षतिपूर्ति रकम ३३प्रतिशत मात्र मोहिले पाउने र ६७ प्रतिशत गुठी संस्थानले पाउने कानुनले मोहिहरु अति मर्कामा परेको भन्दै कानुन संशोधनको माग राखि केही महिना अघि जिल्ला प्रशासन कार्यालय रसुवामा ज्ञापनपत्र पेश गरेको तर हाल सम्म कुनै जानकारी प्राप्त नभएको पीडित नगवा तमाङले बताउनु भयो । ३३ प्रतिशत पाउने क्षतिपूर्तिले त स्वयम्भू पुरानो घ्याङ गुठिमा गएर बाली (कुत) बुझाउन पनि नपुग्ने भएकोले केही मोहिहरुले हाल सम्म क्षतिपूर्ति बापतको रकम प्राप्त गर्न कुनै प्रक्रिया अगाडी नबढाएको बुझिएको छ । यसभन्दा अघि बितरण भएको मुआब्जा रकम पनि ३३प्रतिशत मात्र उपलब्ध हुने बुझिए पछि आयोजनालाई ज्ञापनपत्र बुझाएर स्थानीय सरकारलाई जनताको पक्षमा काम गर्न दवाव पुगे पछि मात्र नेपाल विद्युत प्राधिकरणले थप प्याकेजको रुपमा ४२प्रतिशत जोडि ७५ प्रतिशत मुआब्जा प्राप्त गरेको थियो । मुआब्जा प्रती रोपनी ९ लाख निर्धारण गरिएको थियो ।