अमेरिकाको टेक्सासमा ४४ जना आप्रवासी मृत फेला

अन्तरास्ट्रिय खबर । अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोको बाहिरी क्षेत्रमा बाहिरी क्षेत्रमा एक लरीमा ४४ जना आप्रवासी मृत भेटिएका छन् ।
अमेरिकी समाचार संस्था सीएनएनका  अनुसार १६ जनालाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ । सामाजिक सञ्जालमा शेयर भएका तस्वीरहरूमा एउटा लरीको आसपास ठूलो संख्यामा उद्धारकर्मी परिचालन भएको देखिन्छ ।

गाडी सान एन्टोनियोको दक्षिणपश्चिमी भागमा रेल ट्रयाकको छेउमा फेला परेको थियो। प्रहरीले उक्त लरीका चालकको खोजी गरिरहेको न्यू योर्क टाइम्सले उल्लेख गरेको छ । चालक भने फरार छन् । सान एन्टोनियो अमेरिका-मेक्सिको सीमाबाट करिब २५० किलोमिटर दूरीमा पर्दछ ।

लरीमा सवार व्यक्तिहरुको मृत्यु के कारण भएको भन्नेबारे यकिन हुन नसकेको अधिकारीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here