रुससँग मात्र भएको अचम्मको हाइपरसोनिक मिसाइल, किन प्रयोग गर्दैछ युक्रेनमाथि ?

अन्तर्राष्ट्रिय खबर । रुसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल (किञ्जल/ड्र्यागर) दुई पटक युक्रेनमाथि प्रहार गरेको बताएको छ । जसअनुसार आइतबार माइकोलिभ नजिकै रहेको पेट्रोलियम भण्डार र शनिबार पश्चिम क्षेत्रमा भूमिगत मिसाइल तथा हातहतियार गोदाम नस्ट गरिएको थियो ।

सरकारी समाचार एजेन्सी ‘आरआईए नोभोस्ती’ ले नयाँ पुस्ताको यो हतियार युक्रेन युद्धमा पहिलो पटक प्रयोग भएको जनाएको छ । पश्चिमी विश्लेषकहरूले समेत युद्धमा हाइपरसोनिक मिसाइल प्रयोग भएको यो नै पहिलो पटक भएको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले किञ्जललाई मिग फाइटर जेटबाट प्रक्षेपण गर्न सकिनेगरी डिजाइन गरिएको ‘आदर्श हतियार’ को रुपमा व्याख्या गरेका थिए ।

यो मिसाइल आवाज अर्थात् ध्वनीको गतिभन्दा १० गुणाभन्दा बढी गतिमा उड्न सक्ने र यसलाई वायू प्रतिरक्षा प्रणालीले ट्र्याक गर्न तथा अवरोध पुर्‍याउन सक्दैन ।

हाइपरसोनिक मिसाइलले निकै उच्च बेगका साथ निर्धारित स्थानमा बिस्फोटक पदार्थ बोकेर लैजान सक्छ । यति मात्र होइन, यसले पारमाणविक हतियार समेत पुर्‍याउन सक्छ ।

अमेरिका, चीन जस्ता मुलुकले हाइपरसोनिक प्रविधि विकासको दिशामा काम गर्दै आएको भए पनि अहिलेसम्म रुस मात्रै यसमा सफल देखिएको छ ।
रुसी विश्लेषक वसिल सशिनले एजेन्सी फ्रान्स प्रेस (एएफपी) लाई बताए अनुसार उच्चतम क्षमता र ध्वंशात्मक शक्तिले गर्दा किञ्जल सिस्टम सबसोनिक मिसाइल भन्दा बढी प्रभावकारी हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here