अन्तर्राष्ट्रिय खबर । चाइना ईस्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्शी प्रान्तको पहाडमा दुर्घटनामा परेर आगो लाग्नुअघि कुन्मिङबाट उडेर ग्वान्जाओतर्फ जाँदै थियो।
दुर्घटना भएको विमानबाट कसैलाई जीवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको ठानिएको छ। तर दुर्घटनाको कारण र कति मानिस हताहत भए भन्ने विवरण आइसकेको छैन।
चीनको नागरिक उड्डयन प्रशासनले विमानमा १२३ जना यात्रु र चालकदलका नौ सदस्य रहेको जनाएको छ। bbc