रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाल सम्मानित भएका छन् ।
प्रजिअ ढकाललाई रसुवा नागरिक समाजले गत शुक्रवार एक कार्यक्रम गरी सम्मान गरेको हो । जनपूर्णिमाको अवसरमा गोसाईंकुण्ड मेलामा जाने आउने क्रममा लेक लागेर गम्भीर घाइते भएका चार व्यक्तिहरूलाई प्रशासकको हिसाबले उद्धार गर्न महत्त्वपूर्ण योगदान गरेबापत सम्मान गरेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।
अध्यक्ष तामाङका अनुसार जनपूर्णिमाको अवसरमा प्रजिअ ढकाल यात्रुको ज्यान बचाउन सहयोगका अलवा वर्षातको समयमा राजमार्ग सञ्चालन लगायत जिल्लामा शान्ति सुरक्षा स्थापनामा महत्त्वपूर्ण योगदान दिएकाले सम्मान गरेको हो ।
ढकालले गत फागुन १७ गते देखी रसुवामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाली रहेका छन । उनको आगमन सँगै जिल्लामा दैनिक काम कारबाहीमा भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको छ ।